एजेन्सी, ७ पुस । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट भारतमा २१३ जना संक्रमित भएका छन् ।

ओमिक्रोनबाट संक्रमित भएकाहरू दैनिक रूपमा थपिँदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । तीमध्ये सबैभन्दा धेरै दिल्लीमा रहेका छन् । दिल्लीमा मात्रै ५७ जना ओमिक्रोनबाट संक्रमित भएका छन् ।

दिल्लीपछि धेरै महाराष्ट्रमा ५४ जना र तेलङ्गनामा २४ जना संक्रमित भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसबाट भने छ हजार ३१७ जना संक्रमित भएका छन् ।

त्यसैगरी, अरू ३१८ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरी अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या ७८ हजार १९० पुगेको छ । यो संख्या ५७५ दिन पछिकै सबैभन्दा कम हो ।