काठमाडौं, ६ पुस । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १४६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २९० जनामा संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

यही अवधिमा २३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५ हजार २४२ सक्रिय संक्रमित रहेका छन् ।