काँग्रेस प्रदेश २ अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

जनकपुरधाम, ६ पुस । नेपाली कांग्रेसको प्रदेश स्तरिय निर्वाचनका लागी प्रदेश नम्बर–२ को निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ ।
कार्यतालिका अनुसार मंगलबार दिउँसो साढे १ बजे मतदाता नामावली प्रकाशन गरिएको छ भने मनोनयन पत्र दर्ताका लागि आजै दिउँसो साढे १ देखि साढे ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
त्यस्तै,मनोनयनपत्र माथि पर्ने दावी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दावी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजे तोकिएको छ ।
दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन अधिकृत प्रल्हाद गौतमले जानकारी दिए ।
मतदान बुधबार बिहान ८ देखि मध्याह्न ४ बजेसम्म हुनेछ । समय बितिसकेको भएतापनि प्राङगन भित्र प्रवेश गरेकोहरुलाई मतदानबाट वञ्चित नगरिने निर्वाचन अधिकृत गौतमले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


