नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या फेरि बढ्यो

एजेन्सी, ५ पुस । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्यामा फेरि वृद्धि भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फेरि दिल्लीमा कोरोना संक्रमण ६ महिनाअघिको अवस्थामा पुगेको हो ।
सरकारी तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिल्लीमा एकैदिन संक्रमित हुनेको संख्या यो ६ महिनायताकै उच्च हो ।
दिल्लीमा पछिल्लो केही महिनायता संक्रमणको दर शून्य दशमलव १० भित्र थियो । पछिल्लो १० दिनको अन्तरालपछि एकजना संक्रमितको दिल्लीमा मृत्यु पनि भएको छ । दिल्लीमा हाल सक्रिय संक्रमितको संख्या हाल ५ सय ४ छ ।
दिल्लीमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट अहिलेसम्म २२ जना संक्रमित भएका छन् । हालसम्म भारतभर १४६ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


