सोमबारको खेलमा एपिएफको पहिलो जित

काठमाडौं, ५ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा एपिएफ क्लबले पहिलो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपिएफले फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको हो ।
एपिएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गरे । यस्तै बिकी तामाङले एक गोल गरे । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा बिकीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाए । ३२औं मिनेटमै आशिषले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । ५७औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गरी एपिएफको अग्रता ३–० को बनाए ।
खेलको ६९ औं मिनेटमा प्रिजेनले एपिएफविरुद्ध गोल गरे पनि जित टार्न सकेनन् ।
यस जितसँगै एपिएफले ५ खेलमा ४ अंक जोड्दै अंक तालिकाको ११ औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्स भने ५ खेलमा २ अंक जोड्दै अंक तालिकाको पुछारमा पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


