आफु पढेको विद्यालयबाटै स्वास्थ्यमन्त्रीद्वारा मोडर्ना खोप अभियानको शुरुवात

हेटौंडा, ४ पुस । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफुले पढेको विद्यालयबाटै कोरोनाविरुद्धको मोडर्ना खोप अभियानको शुरुवात गरेका छन् ।
हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट कोरोना विरुद्धको मोडर्ना खोप लगाउने अभियानको सुरुवात गरेका हुन् ।
मन्त्री खतिवडाको उपस्थितिमा विद्यालयका छात्र संगम खत्री र छात्रा विनिता कुमारीलाई पहिलो मोडर्ना खोप लगाइएको छ । योसँगै देशभर मोडर्ना खोप अभियान सुरु भएको हो ।
आजबाट देशभरका ५७ वटा जिल्लामा एकसाथ मोडर्ना खोप लगाउने अभियान सुरु भएको मन्त्री खतिवडाले जानकारी दिए । केही दिनभित्रैमा ७७ वटै जिल्लामा सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
१४ गतेसम्म चल्ने अभियानमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गेतसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयको योजना रहेको छ ।
कोरोनाविरुद्धको खोप प्रयाप्त रहेको भएपनि खोप लगाउने मानिस नआउने गरेको उनको गुनासो छ । खोप लगाउने विषयमा बालबालिकाले समेत आफ्ना अभिभावकलाई बाध्य पार्नुपर्ने मन्त्री खतिवडाको धारणा छ ।
खोपले कुनै प्रकारको हानी नगर्ने भन्दै आफुले खोप लगाएपछि घरमा गएर अरूलाई पनि खोप लगाउन बाध्य पार्ने परिस्थिति सिर्जना गर्न बालबालिकासँग मन्त्री खतिवडाले आग्रह गरे ।
–फरकधार
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


