प्रदेश २ मा मोडर्ना खोप अभियान सञ्चालन हुन सकेन्

जनकपुरधाम, ४ पुस । प्रदेश २ का आठमध्ये कुनैपनि जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन हुन सकेको छैन् ।
सरकारले देशभरका ७७ मध्ये ५७ जिल्लाहरुमा एकसाथ मोडर्ना खोप अभियान सञ्चालन गरेपनि यस प्रदेशमा भने यो अभियान सञ्चालन हुन नसकेको बताइएको छ ।
पहिलो चरणमा प्रदेश २ का सिरहा, सर्लाही, महोत्तरी, रौतहट र बारा जिल्लामा पुस ४ देखि १४ गतेसम्म मोडर्ना खोप लगाउने समय निर्धारण गरिएको थियो । तर, आजदेखि हुने भनिएको अभियान सञ्चालन हुन नसकेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाले जानकारी दिए ।
निर्देशक झाले प्रदेश २ को कुनै जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन नभएको बताए । उनले भने, ‘जिल्ला खोप समन्वय समितिको निर्णयमा ४ गतेदेखि भ्याक्सिन दिने निर्णय गरेको छ । यसमा यो पनि भनिएको छ, जिल्लाको अवस्था अनुसार तपाईहरु खोप अभियान सञ्चालन गर्नुस’, उनले अगाडी भने, ‘खोप अभियान सञ्चालन गर्नका लागि आइसप्याक पनि चाहियो र यिनिहरुलाई बिचबिचमा बिसिजि, बिसिटि लगायतका भ्याक्सिन अभियान समेत सञ्चालन गर्नुपर्छ त्यसैका लागि आइसप्याक, भ्याक्सिन क्यारियर, जनशक्ति सबैलाई हेरेर जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको अध्यक्षतामा रहेको समितिमा निर्णय गराएर समय सारिएको हो ।’
निर्देशक झाका अनुसार रौतहटमा १२ गतेदेखि, महोत्तरीमा ७, सिरहामा ५ देखि ८ र ११ देखि १४ गतेसम्म मोडर्ना खोप अभियान सञ्चालन हुने बताए ।
त्यस्तै अन्य जिल्लाहरुमा समेत मोडर्ना खोप अभियानका लागि समय निर्धारण गरिएको छ भने सप्तरी, धनुषा र पर्सामा फाइजर खोप अभियान जारी रहेकाले मोडर्ना खोप अभियान सञ्चालन नहुने निर्देशक झाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


