एजेन्सी, ४ पुस । बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा भारतका लागि प्रियंका देवीले गरेको गोल नै निर्णायक बन्यो ।

उनले ७६ औं मिनेटमा गोल गरेकी हुन् । यो जितसँगै भारत साफको फाइनलमा प्रवेश गरेको छ ।

आजको हारसँगै फाइनलमा पुग्ने नेपालको सपना लगभग समाप्त भएको छ । यद्यपि श्रीलंका र बंगलादेशबीचको खेलले पनि नेपालको फाइनल पुग्ने सपना सकार पार्न सक्छ ।

श्रीलंकाले बंगलादेशलाई हराएमा भने नेपाल गोल अन्तरका आधारमा फाइनल पुग्न सक्छ ।