मनाङले नेपाल पुलिस क्लबमाथि ३–१ को जित निकाल्यो

काठमाडौं, ३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
मनाङले पोखरा रंगशालमा नेपाल पुलिस क्लबमाथि ३–१ को जित हात पारेको हो । यो जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको दशौँ मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा सुमन लामाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए ।
मनाङका डिफेन्डर सरोज योन्जन लामाले निरकुमार राईलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पुलिसले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा सुमनले सहजै गोल गरे ।
खेलको ७३ औं मिनेटमा अञ्जनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा मनाङ २–१ ले अघि बढ्यो । खेलको ८३ औं मिनेटमा निशान लिम्बूले गोल गर्दै मनाङलाई ३–१ को सहज जित दिलाए ।
योसंगै आफ्नो अपराजित यात्रा कायम राख्दै मनाङले ५ खेलमा १३ अंक जोड्दा पुलिस ५ अंकका साथ नवौँ स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


