सान्टो डोमिङ्गोमा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी, १ पुस । डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले विज्ञप्ति जारी गर्दै घटनामा ७ यात्रु र २ चालक दलका सदस्यको मृत्यु भएको सीएनएनले जनाएको छ । विमान डोमिनिकन रिपब्लिकको ला इसाबेला अन्तरराष्ट्रिय विमानस्थलबाट फ्लोरिडा जाँदै थियो ।
आकस्मिक अवतरण गर्ने क्रममा उडान भरेको १५ मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । अहिलेसम्म आकस्मिक अवतरणको कारण थाहा हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


