एजेन्सी, १ पुस । इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बिहीबार ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ ।

भूकम्प जाकार्ता समय (0426 GMT) ११ः२६ मा गएको थियो ।

मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण–पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन ।