हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन

एजेन्सी, २९ मंसिर । भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ ।
८ डिसेम्बरमा भएको हेलिकप्टर दुर्घटनामा सिडिएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो ।
उक्त दुर्घटनामा क्याप्टेन सिंह गम्भीर घाइते भएका थिए । उनको बुधबार उपचारका क्रममा निधन भएको हो ।
क्याप्टेन सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।