काठमाडौं, २९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २८० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २१२ जनाको पीसीरआर परीक्षणमा २५२ र २ हजार ७८२ एन्टिजेन परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३०० जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको मन्त्रालयले जनाएको छ ।