महिला एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक

एजेन्सी, २९ मंसिर । महिला एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता आगामी मार्च ४ देखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुनेछ ।
आइसिसीले सार्वजनिक गरेको तालिकाअनुसार विश्वकपको उद्घाटन खेलमा आयोजक न्युजिल्यान्डले वेस्ट इन्डिजको सामना गर्नेछ । यो खेल बे ओभलमा हुनेछ ।
साविक विजेता इंग्ल्यान्डले मार्च पाँचमा अस्ट्रेलियसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल सेडन पार्कमा हुनेछ ।
प्रतियोगितामा आयोजक न्युजिल्यान्ड, इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, वेस्ट इन्डिज, पाकिस्तान बंगलादेश र दक्षिण अफ्रिकाले सहभागिता जनाउने छन् ।
सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने विश्वकपको शीर्ष ४ टोलीले सेमिफाइनमा स्थान बनाउनेछन् ।
कुल ३१ खेल हुने विश्वकप बे ओभल तौरन्गा, सेडन पार्क हामिल्टन, बसिन रिजर्व वालिङटन, हेग्ली ओभल क्राइस्टचर्च, युनिभर्सिटी ओभल डुनेडिन र इडेन पर्क अक्ल्यान्डमा सञ्चालन हुनेछ ।