जनकपुरधाम, २९ मंसिर । प्रदेश २ को आठौं अधिवेशन आजदेखि सुरु भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको आठौं अधिवेशनको पहिलो बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलोगरी सुरु भएको हो ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् ।

उनले सरकारमा रहेका विभिन्न विचारधारा बोकेका र राजनीतिक पृष्ठभुमी भएकाहरुलाई एक भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

मुख्यमन्त्री राउतले सरकारका घटक नेताहरुसंगपनि छलफल गरेर प्रदेशको नाम र राजधानीको निकास दिनु आवश्यक रहेको बताए ।

उनले भने,‘थुप्रै विधेयकहरु टेबुलमा छ । यसप्रति पनि सबैले ध्यानदिएमा सबै विधेयकहरु समयमै पारित हुनेछ ।’

उनले वीरगञ्जमा प्रादेशिक प्राविधिक विश्वविद्यालय र राजविराजमा कृषि विश्वविद्यालय अध्यादेशमार्फत खोलेकाल सो अध्यादेश पारित गरि निकास दिन प्रतिपक्षी दलसँग आग्रह समेत गरे ।