पाकिस्तानमा दिनदहाडै एक महिला सामाजिक कार्यकर्ताको हत्या

एजेन्सी, २९ मंसिर । पाकिस्तानको कराँची सहरमा दिनदहाडै एक महिला सामाजिक कार्यकर्तामाथि चक्कु प्रहार गरी हत्या गरिएको छ ।
प्रहरीका अनुसार आक्रमणकारी ती युवतीकी छिमेकी थिए र उनी नशाको लतमा थिए ।
यो घटना मंगलबार न्यू कराची क्षेत्रमा भएको थियो । २४ वर्षीया सबा असलम आफ्नो घरबाट बाहिर निस्कनेबित्तिकै उनीमाथि हला भएको थियो । उनलाई लगत्तै अब्बासी शहीद अस्पताल पुर्याउँदा डाक्टहरुले मृत घोषणा गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए । असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र विधवा महिलाका लागि काम गर्थ्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


