काठमाडौं, २८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३९२ जनाको पीसीआर परीक्षणमा २२९ र ४ हजार ३१७ एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको मन्त्रालयले जनाएको छ ।