पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक

काठमाडौं, २८ मंसिर । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ ।
कोरोना संक्रमणका कारण भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएकाहरुलाई मंसिर १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो ।
कोरोना संक्रमणका कारण सबै विषय वा केही विषयको नियमित परीक्षा गुमाएका ३७ जना परीक्षार्थीले पछि परीक्षा दिएका थिए ।