भारतीय प्रहरी सवार बसमा आक्रमण २ को मृत्यु, १२ जना घाइते

एजेन्सी, २८ मंसिर । भारतको जम्मु–कश्मीरस्थित श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको थियो ।
प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार ३ जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौं बटालियनका प्रहरी जवानहरु सवार थिए ।
कश्मीर प्रहरीले यसलाई आतंकवादी आक्रमण भनेको छ । आक्रमणकारी भने अँध्यारोको फाइदा उठाएर भागेको प्रहरीको भनाइ छ ।