आइतबार ३४१ नयाँ संक्रमित थपिए, ३७६ जना संक्रमणमुक्त

काठमाडौं, २७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ र २ हजार ८२० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ ।त्यस्तै, ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ हेकाछ। । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।