काठमाडौं, २६ मंसिर । गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणको प्रसारण सुरु भएको छ ।

नेपाल आइडलको चौथो संस्करणको प्रसारण मंसिर २३ गते रातिबाट सुरु भएको हो । एपिवान टेलिभिजनबाट प्रसारण सुरु भएको सोको घोषणा धरहराबाट गरिएको थियो ।

देशभरबाट छानिएर आएका सय प्रतिस्पर्धीले नेपाल आइडको चौथो संस्करणको ‘उपाधि’का लागि प्रतिस्पर्धा गर्नेछन् । आइडलको तेस्रो सिजनसम्म निर्णायकको कुर्सीमा बसेका कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी र न्ह्यू बज्राचार्य यो सिजनमा देखिएका छैनन् ।

यो सिजनमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानले प्रतियोगीको क्षमता मूल्यांकन गरिरहेका छन् । नेपाल आइडलका अघिल्ला तीन सिजन निकै लोकप्रिय बनेका थिए ।

नेपाल आइडलबाट आएका थुप्रै गायक–गायिका सांगीतिक क्षेत्रमा चर्चित भएका छन् । यो सिजनले पनि दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ । सोको निर्देशनका रूपमा सुरेश पौडेल रहेका छन् ।