एजेन्सी, २६ मंसिर । भारतमा फेरि दुई जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।

पन्जाबको चण्डीगढ र आन्ध्र प्रदेशमा एक/एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक जना आयरल्यान्डबाट भारत आएका विदेशी हुन् । उनीहरु दुबै जनाले कोभिडको पूर्ण खोप लगाएका थिए ।

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा निकै संक्रामक र घातक भएको पुष्टि भएको छ ।