काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा घले र राणा नियुक्त

काठमाडौं, २६ मंसिर । काठमाडौं जिल्ला क्रिकेट संघले रिक्त रहेको तीन सदस्यको पदमध्ये दुईमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ । संघले दोस्रो वार्षिक साधारणसभाले रिक्त रहेको सो पदमा घले र राणालाई नियुक्त गरेको हो ।
त्यस्तै, सभाले संघको सल्लाहाकारमा ठाकुरप्रताप थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधैं नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगमी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।
‘हामीले कोभिड–१९ को महामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौं,’ पाण्डेले भने, ‘अवस्था सामान्य बन्दैछ । अब हामी उहीँ जोश र जागरका साथ अघि बढ्छौं ।’
त्यस्तै, संघका सचिव बसन्त राज सत्यालले संघको भावी योजना प्रस्तुत गरे ।