एजेन्सी, २६ मंसिर । एसेज सिरिजअन्तर्गत अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा स्लो ओभर बलिङका कारण आइसिसीले इंग्ल्यान्डलाई जरिवाना लगाएको छ ।

आइसिसीको विज्ञप्ति अनुसार इंग्ल्यान्डले तोकिएको समयमा पाँच ओभर कम बलिङ गरेको भन्दै म्याच फिको १०० प्रतिशत जरिवाना तोक्नुका साथै आइसिसी टेस्ट च्याम्पियनसिपमा ५ अंक घटाएको छ ।

आइसिसी एलिट प्यानलका रेफ्री डेविड बुनले यो फैसला सुनाएका हुन् । यो खेलमा अस्ट्रेलियाले ९ विकेटको सहज जित हात पारेको थियो ।