एजेन्सी, २३ मंसिर । अमेरिकाको संघीय सरकारको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्यांकअनुसार अहिले प्रतिदिन लगभग १ लाख ३ हजार नयाँ संक्रमित थपिने गरेक छन् । जुन पछिल्लो हप्तामा १९ प्रतिशतले वृद्धि भएको छ र अक्टोबरको अन्त्यदेखि ६२ प्रतिशतले बढेको छ ।

यसैबीच ओमिक्रोन भेरियन्ट अब कम्तिमा २० अमेरिकी राज्यहरूमा फेला परेको छ ।