बिहीबार २११ नयाँ संक्रमित थपिए, ३२९ जना संक्रमणमुक्त

काठमाडौं, २३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै, सोही अवधिमा ३२९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज २ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।