जनकपुरधाम, २३ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुने भएको छ ।

मंसिर २५ गते शनिबार जनकपुरधाममा हुने उद्घाटन सत्रको लागि तयारी तिव्र पारिएको माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

उनले उद्घाटन सत्रको सम्बोधन भर्चुअल माध्यमबाट केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी दिए ।

अध्यक्ष प्रचण्डका अलावा स्थायी समिति सदस्यहरु गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक बुढाथोकीले बताए ।

अधिवेशनमा प्रदेश २ का ८ वटै जिल्लाबाट झण्डै १ हजार अधिवेशन प्रतिनिधि सहभागि हुनेछन् । १३६ पालिकबाट ६ सय, आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि अधिवेशनमा भाग लिने उनले बताए ।

प्रदेश २ मा ३६ पालिकामध्ये हालसम्म ७५ प्रतिशतमा पालिका अधिवेशन सम्पन्न भईसकेको छ भने २५ प्रतिशतमा बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

शुक्रबारसम्ममा सबै पालिकाको अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताइएको छ ।