एजेन्सी, २२ मंसिर । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी भएको छ ।

गए राति सम्पन्न भएको समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित ग¥यो ।

रियलको जितमा टोनी क्रुस र मार्कुस एसेन्सियोले एक–एक गोल गरे । इन्टरका बरेलाले रेड कार्ड पाए ।

खेलको १७औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । ६४औं मिनेटमा बरेलाले रेड कार्ड पाएपछि इन्टर १० खेलाडीमा सीमित भयो । ७९औं मिनेटमा एसेन्सियोले गोल गरी मड्रिडलाई जित दिलाए ।

खेलमा जित हासिल गरेसँगै समूह डीको विजेता मड्रिड नकआउट चरणमा पुगेको छ। । उसले ६ खेलमा १५ अंक जोड्यो ।

इन्टर पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । उसले ६ खेलमा १० अंक जोड्यो ।