एजेन्सी, २२ मंसिर । अफ्रिकी देश नाइजेरियामा १० लाख डोज कोरोनाविरुद्धको खोप हिनामिना भएको छ । प्रयोग नभइ पहिलो पटक यति ठूलो परिमाणमा खोप खेर गएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार २० करोड जनसंख्या भएको नाइजेरियामा मुस्किलले चार प्रतिशत वयस्कले खोप लगाएका छन् ।

राम्रोसँग भन्डारण हुन नपाउँदा ठूलो परिमाणमा खोप हिनामिना भएको हो । अनुदानमा प्राप्त ठूलो परिमाणको खोप व्यवस्थापन गर्न नसक्दा अफ्रिकी मुलुकमा खोप हिनामिना हुने क्रम बढ्दो छ ।

सरकारले खोप व्यवस्थापन गर्न नसक्दा हिनामिना भएको डब्लूएचओले जनाएको छ । अक्टोबरमा प्रदान गरिएको थप आठ लाख खोपको मात्रा भने प्रयोगमा आएको जनाइएको छ ।

नाइजेरियामा अझै ५० प्रतिशतले पूर्ण खोप लगाएका छैनन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै पश्चिमेली देशहरूले नाइजेरियामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । पछिल्लो समयमा नाइजेरियामा संक्रमितहरुको संख्या बढेको छ ।