अहिले प्रयोगमा रहेका खोपले नै ओमिक्रोनलाई काम गर्छ: डब्ल्यूएचओ

एजेन्सी, २२ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अहिले प्रयोगमा आइरहेका खोपहरूले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने बताएको छ ।
अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले जानकारी दिए ।
प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाई अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन सक्रमितहरूमा गरिएको एउटा ल्याब परीक्षणमा अहिले प्रयोगमा आएकै खोपले काम गर्ने देखिएको हो ।
चलनचल्तीमा आएका खोप कति हदसम्म प्रभावकारी हुन्छन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ ।