एजेन्सी, २१ मंसिर । पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा ११ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका छन् ।

ड्राफ्टमा सहभागी खेलाडीलाई प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर श्रेणीमा विभाजन गरिएको छ ।

नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम र विकेटकीपर विनोद भण्डारीले गोल्ड तथा ९ खेलाडीले सिल्भर क्याटोगोरीमा नाम दार्ता गराएका हुन् ।

सिल्भर क्याटागोरीमा बसन्त रेग्मी, सोमपाल कामी, साहब आलम, शरद भेषवाकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सरार्फ, सुशन भारी र विक्रम सोब छन् । पिएसएलले औपचारिक रूपमा भने ड्राफ्ट सूची सार्वजनिक गर्न बाँकी छ ।

पिएसएलका प्रत्येक टोलीले समान ३÷३ प्लाटिनम, डायमन्ड र गोल्ड क्याटेगोरीका तथा पाँच सिल्भर, इमर्जिङ र पूरक दुई/दुई खेलाडी अनुबन्ध गर्न पाउँछन् ।

टोलीमा कुल १६ खेलाडी भएमा ११ तथा १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्ने हुन्छ । एउटा टोलीले प्लेइङ–११ मा बढीमा ४ विदेशी खेलाडी खेलाउने पाउनेछन् । कोरोना कारण यस वर्ष खेलाडी संख्या बढ्ने सम्भावना छ ।

सन्दीप रहेको प्लाटिनम क्याटागोरी अनुबन्ध हुने खेलाडीले १ लाख ३० हजारदेखि १ लाख ७० हजार डलरसम्म पारिश्रमिक पाउनेछन् ।गोल्डमा हुनेले ४० देखि ५० हजार तथा सिल्भरमा रहेकाले १५ देखि २५ हजार अमेरिकी डलरसम्म प्राप्त गर्नेछन् ।

ड्राफ्ट १२ डिसेम्बरमा हुनेछ । पिएसएल आगामी २७ जनवरीदेखि २७ फेब्रुअरीसम्म पाकिस्तानमा हुनेछ ।