सर्लाहीको एक फार्मेसीमा शिलबन्दी

सर्लाही, २१ मंसिर । सर्लाहीको एक फार्मेसीमा औषधि व्यवस्था विभागले शिलबन्दी गरेको छ ।
प्रतिबन्धित औषधि बेच्ने जिल्लाको सरस्वती अस्पतालभित्रको फार्मेसीमा विभागले शिलबन्दी गरेको हो ।
प्रतिबन्धित र अनुमति नभएको औषधि बेचेको पाइएपछि राजीव मेडिकल हलमा शिलबन्दी गरिएको बताइएको छ । औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जबाट खटेको टोलीले मेडिकलको अनुगमन गरेको थियो ।
पसलबाट प्रिगआउट, क्लोबेटा जीएमलगायत १० प्रकारका दर्ता नभएका तथा प्रतिबन्धित औषधि बिक्री हुने गरेको देखिएको र सञ्चालन अनुमति पत्र समेत नभएपछि फार्मेसीलाई तत्कालै शिल गरेर सञ्चालकलाई औषधि व्यवस्था विभाग वीरगञ्जमा सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको फार्मेसी निरिक्षक दीपेन साहले बताए ।
अनुगमनका क्रममा सञ्चालकले फार्मेसीको दर्ता प्रमाणपत्रसमेत देखाउन नसकेको साहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

