सप्तरी, २१ मंंसिर । नेपाली कांग्रेस सप्तरीको क्षेत्र नम्बर–४ मा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यान विजयी भएको छ । पौडेल समूहबाट सिताराम साह क्षेत्रिय सभापतिमा निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनको आज बिहान सार्वजनिक भएको परिणाम अनुसार पौडेल समूहका साह ३०४ मत ल्याएर निर्वाचित हुँदा संस्थापन पक्षका किरण भगतले २५९ मत प्राप्त गरेका छन् ।

सचिवमा साह प्यानलका रमेश कुमार चौधरी र बासुदेव ठाकुर, सह–सचिवमा सागरनन्द चौधरी र ललितनारायण यादव निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा रामकुमारी चौधरी, फुलमहम्द मियाँ, दुखी तत्मा, रामप्रसाद चौधरी, उर्मिला देवी यादव, संजय कुमार यादव, शर्मिला कुमारी मण्डल, सेवा दास, मनोज कुमार चौधरी र भौसाई मियाँ निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनय कर्णले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिमा साह समूहकै २५ जना निर्वाचित भएका छन् । यसअघि सप्तरीको क्षेत्र नम्बर १, २ र ३ मा संस्थापन पक्षका उम्मेदवारहरु निर्वाचित भईसकेका छन् ।