एजेन्सी, २० मंसिर । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेकी छिन् ।

भारतको प्रवर्तन निर्देशालयले सो मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ ।

प्रहरीका अनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए । प्रहरीले उनलाई विदेश जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।