यू–१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडीलाई बोलाइयो

काठमाडौं, २० मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले यू–१९ पुरुष टिमको प्रशिक्षणमा २० जना खेलाडीलाई बोलाएको छ ।
क्यानले एसिसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको हो ।
क्यानले आइतबार सम्पन्न यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । खेलाडीले बुधबारबाट प्रशिक्षण थाल्ने छन् ।
एसिया कप युनाइडेट अरब इमिरेट्स (युएई) मा २२ डिसेम्बरदेखि २ जनवरीसम्म हुने तालिका रहेको छ ।
एसिया कपमा नेपालसँगै आयोजक युएई, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र कुवेतको सहभागिता रहनेछ ।
बन्द प्रशिक्षणमा परेका खेलाडी :
देव खनाल, मोहमद हुसेन, वसिर अहमद, सन्तोष कार्की, विवेक यादव, विवेक राना मगर, तिलकराज भण्डारी, सोनु अन्सारी, दिपेश कँडेल, अर्जुन यादव,कमल परियार, अनुजकुमार चुनारा, प्रकाश जैसी, बसन्त कार्की, अर्जुन साउँद, शेर मल्ल, राहुल भण्डारी, गुलशन झा, विपिन शाही र आदील अन्सारी