भारतमा ओमिक्रोन संक्रमितको संख्या २१ पुग्यो

एजेन्सी, २० मंसिर । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित भएको पाइएको छ ।
यसैगरी २४ घण्टाको अवधिमा कोरोना संक्रमित २११ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकैदिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
भारतीय मिडियाका अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिहरुको कूल संख्या ४ बाट बढेर २१ पुगेको छ ।
आइतबार राजस्थानमा ९, महाराष्ट्रमा ७ र दिल्लीमा एक जना ओमिक्रोन संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।