काठमाडौं, १९ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ जनाको पीसीआर परीक्षण गर्दा २ सय र २ हजार ७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४३६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।त्यस्तै, ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ । जसमध्ये ६ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।