एजेन्सी, १९ मंसिर । भारतको नयाँदिल्लीमा एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण भएको पाइएको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले यसको पुष्टी गरेका हुन् । हालसम्म एक व्यक्तिमा मात्र संक्रमण देखिएको उनले जानकारी दिए ।

नयादिल्लीमा ओमिक्रोनको संक्रमण भएका व्यक्ति अफ्रिकी राष्ट्र तान्जानीयाबाट फर्केका हुन् । ३७ वर्षीय उनलाई एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ ।

योसँगै भारतमा हालसम्म ५ जनामा ओमिक्रोनको संक्रमण भएको पाइएको छ । बैंङ्लुरमा दुई, मुम्बईमा एक, जामनगरमा एक र नयाँदिल्लीमा एक जनामा संक्रमण भएको पाइएको हो ।