काठमाडौं, १८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा थप ३९२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल संक्रमितमध्ये ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भइसकेका छन् । हाल देशभर ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।