मन्त्रीहरूलाई आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न पाकिस्तानका प्रधानमन्त्री खानको निर्देशन

एजेन्सी, १७ मंसिर । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा रोक लगाएका छन् ।
आफूले सामान्यतया विदेश भ्रमण नगरेको र अन्य मन्त्रीहरूलाई पनि आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएको बताइएको छ ।
सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने उनको सुझाव छ । सामान्य गोष्ठी वा सम्मेलनको बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनको भनाइ छ ।
‘हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलो प्रथमिकता हो’,खानले भनेका छन् ।
यसैबीच, कोभिड संक्रमणको नयाँ भाइरस ओमिक्रोनको त्रास बढिरहेका बेला खोपसम्बन्धि नयाँ योजना घोषणा गरेको छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरूलाई बुस्टर डोज दिने भएको छ ।