एजेन्सी, १७ मंसिर । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्न्यास लिने घोषणाा गरेका हुन् ।

भ्रष्टाचारको आरोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए ।

जीवनको नयाँ अध्याय सुरु भएको बताउँदै नेतृत्व हस्तान्तरण गरेको क्रुजले बताए । आफू योगी वा अपराधी दुवै नभएको बताउँदै चान्सलर हुँदा विरोधीले धेरै आलोचना गरेको उनले गुनासो गरे ।

३५ वर्षीय क्रुज युरोपकै कान्छो नेता मात्र भएका थिएनन्, विश्वमै सबैभन्दा कम उमेरमा राष्ट्रप्रमुख हुने पहिलो व्यक्ति बनेका थिए । उनी सन् २०१७ देखि नै अस्ट्रियाको राजनीतिको प्रभावशाली र विभाजनकारी पात्र बनेका थिए ।

राजनीतिबाट सन्न्यास लिने उनको घोषणाले त्यहाँको पिपुल्स पार्टी अलमलमा परेको छ। पूर्वउपचान्सलर वेर्नर कोग्लरले क्रुजको निर्णयको स्वागत गरेका छन् ।