काठमाडौं, १७ मंसिर । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । उनले २.४१ जिपिए ल्याएर पास गरेकी हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् ।