काठमाडौं, १६ मंसिर । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ ।

नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको हो ।

प्रतियोगितामा ६ प्रदेशका टोलीसहित एक विभागीय टोली नेपाल आर्मीले पनि सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र संघसंस्थाको सहयोगमा प्रतियोगिता आयोजनामा हुने जिल्ला हक्की संघ मकवानपुरका अध्यक्ष प्रताप सिंहले जानकारी दिए ।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन वर्षदेखि महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो ।