काठमाडौं, १५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ३१६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २५९ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार १८० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ । त्यस्तै, ८ लाख ३ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ । जसमध्ये ६ हजार ६१० जना होम आइसोलेसनमा र ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १२० जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।