एजेन्सी, १५ मंसिर । खोप निर्माता कम्पनी बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृतले नयाँ कोभिड भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका छन् ।

बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उगुर सहिनले एक अन्तर्वार्तामा नयाँ ओमिक्रोन भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका हुन् । ‘

धेरै नआत्तिनु होला, योजना यथावत छ , तेस्रो बुस्टर डोजलाई तीब्रता दिनुहोस’, वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा सहिनले भने, ‘हालका लागि हाम्रो सन्देश यही हो ।’

बायोइन्टेकका सह–संस्थापक र कोभिड खोप आविष्कार समेत गरेका सहिनले खोप लगाएका मानिसलाई ओमिक्रोनले संक्रमण गर्न सक्ने संभावना भए पनि खोप लगाएका मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने समेत बताए ।

ओमिक्रोनको उत्परिवर्तन उच्च भएका कारण खोप लगाएपछि विकास हुने एन्टिबडीलाई यसले छल्न सक्ने तर संक्रमणविरुद्ध ‘टी–सेल’ले प्रदान गर्ने सुरक्षा छल्ने संभावना कम रहेको सहिनको भनाइ थियो ।