सिएनएनका पत्रकार क्रिस कुमो निलम्बित

एजेन्सी, १५ मंसिर । अमेरिकी न्युज च्यानल सिएनएनका चर्चित पत्रकार क्रिस कुमोलाई च्यानलले अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
कुमोले यौन शोषणको घटनामा आरोपित आफ्नो दाइ तथा न्युयोर्कका पूर्व गभर्नर एन्ड्रियु कुमोलाई मद्दत गरेको आरोपमा सिएनएनले निलम्बन गर्ने निर्णय गरेको हो ।
हालै न्युयोर्कका महान्याधिवक्ता लेतितिया जेम्सले केही दस्तावेज सार्वजनिक गरेका थिए जहाँ क्रिस कुमोले आफ्नो काम मार्फत कुन हदसम्म दाइलाई मद्दत गरेका थिए उल्लेख गरिएको थियो ।
‘उनले (क्रिस कुमो)ले आफ्नो दाइलाई ठूलो मद्दत गरेका थिए जसबारे यसअघि हामीलाई कुनै जानकारी थिएन,’ सिएनएनले दस्तावेज सार्वजनिक भएपछि भनेको छ ।
यौन शोषणको आरोप लागेका उन्ड्रियु कुमोले गत अगस्टमा आफ्नो पदबाट राजीनामा दिएका थिए । पर्दा पछाडिबाट दाइलाई सहयोग गरेकोमा क्रिस कुमोको अहिले आलोचना भइरहेको छ । उनीमाथि पत्रकारिता आचारसंहिताको उल्लंघन गरेको आरोप लगाइएको छ ।
क्रिस कुमो माथि सार्वजनिक भएका दस्तावेजमा गभर्नर कार्यालयका कर्मचारीलाई अनावश्यक दवाब दिई दाइका विषयमा बढाइ–चढाई बोल्न लगाएको उल्लेख छ ।
कोरोना महामारीको समयमा क्रिस कुमोले महामारीलाई कारण देखाउँदै दाइको विषयमा समाचार संकलन तथा प्रसारणमा ढिलाई गरेको समेत जनाइएको छ । उनले गभर्नर दाइको अन्तर्वार्ता लिई आफ्नो शो मार्फत भाइको प्रशंसा समेत गरेका थिए ।