सोमबार २५९ नयाँ संक्रमित थपिए, २६४ जना संक्रमणमुक्त

काठमाडौं, १३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ ।त्यस्तै, ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ । जसमध्ये ६ हजार ५४१ जना होम आइसोलेसनमा र ४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १५९ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।