राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौं, १३ मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।
घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्रीपरिषदले घिसिङलाई सदस्य सचिवमा चार वर्षका लागि नियुक्त गरेको हो ।
घिसिङले मंगलबार पद तथा गोपनियताको सपथ लिने सम्भावना छ । मन्त्री गहतराजका अनुसार घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सदस्यसचिवका लागि सिफारिस गरिएको थियो ।
मन्त्री गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थिए । समितिले एक महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गरेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

