हेटौंडा, १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत पार्टीको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित ५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

अन्य कुनै नेताको उम्मेदवारी नपरेपछि पोखरेल पार्टीको वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने भएका छन् । महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको छ ।

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

बिहान १० बजेको समयसीमाभित्र मनोनयनको म्याद सकिँदासमेत उपमहासचिव पदमा कसैको उम्मेदवारी परेको छैन् ।

सबैजनाको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।