हेटौंडा, १३ मंसिर । नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् ।

बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।

पोखरेललाई महासचिवमा निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।